सुन प्रतितोला १ लाख पुग्‍न ४ सय मात्रै कम

सुनको मूल्य तोलामै करिब एक लाख रुपैयाँ पुगेको छ । गत शुक्रबारको तुलनामा  ३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ थियो ।

महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य ९९ हजार १ सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको तोलामा १ हजार २ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मागका कारण मूल्य निरन्तर बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको व्यवसायीहरुले जनाएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ११:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया