बालुवाटारको बैठकबारे ब्रिफ्रिङ गर्न प्रचण्डले बोलाए खुमलटारमा भेला

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा विशेष भेला बोलाएका छन् । आज विहान बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटघाट र त्यहाँ भएको छलफलबारे जानकारी दिन उनले यो भेला बोलाएका हुन् ।

खुमलटार स्रोतका अनुसार यो भेलामा प्रचण्ड पक्षका नेताहरु सहभागी भएका छन् । त्यसमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएको बताइएको छ । 

त्यस्तै, प्रचण्डले खुमलटारमा नेकपाका अन्य स्थायी कमिटी सदस्यहरुलाई पनि बोलाएका छन् । 

आज बालुवाटारमा भएको भेटघाटले अब सकारात्मक सन्देश दिन थालेको नेकपाका नेताहरुले बताउन थालेका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १८:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया