नेकपा दुई अध्यक्षबीच आज छलफल हुने, नेपाल पनि सहभागी हुनसक्ने

पछिल्लो केही महिना यता देखिएको नेपाल कम्युनिस्ट पार्टीको विवाद सुल्झाउन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट हुँदैछ । आइतबार भएको भेटघाटमा आज भेट गर्ने तय भएको थियो । 

आइतबारको भेटघाटमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए । आज दुई अध्यक्षबीचको भेटमा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनसक्ने बताइएको छ । 

नेकपा स्रोतका अनुसार आज हुने भेटघाटपछि पछिल्लो समय देखिएको नेकपा विवाद के हुने भन्ने टुङ्गो लाग्नेछ । 

नेकपा नेता टोपबहादुर रायमाझीले फरकधारलाई बताएअनुसार अब नेताहरु अहिलेको विवाद कहाँबाट समाधान गर्ने भन्नेमा छलफल केन्द्रित गर्दैछन् । ‘सचिवालयमा यो विषयमा टुङ्गोमा पुग्ने कि स्थायी कमिटीमा नै भन्ने विषयमा छलफल भएको छ,’ उनले फरकधारसँग भने, ‘अब महाधिवेशनलाई नै प्राथमिकताका साथ राखेर नेकपा नेताहरु अगाडि बढ्ने सम्भावना बढी छ ।’

सचिवालयमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलले आफूलाई साथ दिने अनुमान गरेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो विवाद सचिवालयमा टुङ्ग्याउन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विवाद स्थायी कमिटीबाट निस्किएकाले स्थायी कमिटीमा नै यसबारे छलफल गर्नु पर्ने अडान लिन थालेका छन् ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ८:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया