पर्सामा थप ७३ जनामा कोरोनाभाइरस संक्रमण, सेना, प्रहरी र पत्रकारमा पनि देखियो कोरोना

पर्सामा सोमबार विहान थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका ७३ संक्रमितमा १२ जना महिला रहेका छन् । 

अस्पतालका अनुसार प्रहरीका दुई जना, सेनाका एक जना र एक जना पत्रकार पनि कोरोनाभाइरस संक्रमित भएका छन् ।

आज थपिएका संक्रमितसँगै पर्सामा अब कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । 

पछिल्ला केही दिनयता कोरोनाभाइरस संक्रमित थपिन थालेपछि पर्सा जिल्लाले जिल्लाभर निषेधाज्ञा लगाएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ९:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया