आज पनि कुनै निष्कर्ष निस्किएन ओली–प्रचण्ड भेटमा
फाइल तस्वीर ।

केही समययता देखिएको विवाद अन्त्य गर्ने हेतुले बालुवाटारमा भेट गरेका सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि कुनै सहमति हुन सकेन । 

यी दुई नेताले आइतबार पनि यही विषयमा छलफल गर्न भेट गरेका थिए । आइतबारको भेट पनि विना निष्कर्ष टुगिंएको थियो । 

सोमबारको वार्ता पनि निष्कर्षविना टुगिंएपछि दुई अध्यक्षबीचको भेटघाट फेरि मंगलबार गरिने भनिएको छ । सोमबारको वार्तामा ओली र प्रचण्डसँगै नेकपा नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए । 

‘अहिलेका लागि वार्ता हुनु नै सकारात्मक हो,’ नेकपा स्रोतले फरकधारलाई बताएको छ, ‘अब विभिन्न विकल्पमा छलफल हुने बताइएको छ ।’

यसअघि सोमबार भएको यी दुई नेताको छलफलमा अहिलेको विवाद सचिवालयबाट टुङ्गो लगाउने वा स्थायी कमिटी बैठकबाट भन्नेमा विवाद सिर्जना भएको थियो । दुवै अध्यक्ष अब पार्टीको महाधिवेशन छिटो गर्नेमा चाहिँ सहमत भएका छन् ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १३:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया