खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र दाहालबीच वार्ता सुरु

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः छलफल सुरु भएको छ । दुवैका तर्फबाट एक–एकजना साक्षी राखेर दुई अध्यक्षबीच वार्ता सुरु भएको हो ।

ओलीको तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डको तर्फबाट नेकपाका वरिष्ठ नेता झलनाथ खनाल वार्तामा सहभागी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाभित्रको विवाद समाधानका लागि मंगलबार साँझ करिब ५ बजेदेखि उनीहरुबीच छलफल सुरु भएको हो । 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १८:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया