आज पनि भेट्दैछन् ओली–प्रचण्ड
फाइल तस्वीर ।

लगातार चौथो दिन पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । 

पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउनका लागि यी दुई नेता पछिल्ला तीन दिन लगातार भेटिरहेका छन् । 

तर, उनीहरु अहिलेसम्म कुनै निष्कर्ष वा सहमतिमा पुग्न सकेका छैनन् । यसअघि मंगलबार भएको छलफल पनि विना निष्कर्ष टुङ्गिएपछि आज भेटघाट हुने भएको छ । यी दुई नेता आज कतिबेला भेट्ने भन्ने पनि तय भएको छैन । र, आजको विषय पनि तय नभएको एक नेकपा नेताले फरकधारलाई बताएका छन् ।

यी दुई नेताबीचको छलफल र वार्तालाई पछिल्लो समय नेकपाका दुई नेता झलनाथ खनाल र सुवास नेम्वाङले साथ दिइरहेका छन् । पछिल्लो समय यी दुई नेता सचिवालयबाट अहिलेको विवाद टुङ्ग्याउने कि स्थायी कमिटीबाट भन्नेमा टुङ्गोमा पुग्न सकेका छैनन् ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार ११:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया