इपिएल सञ्चालन गर्न अन्योल

एभरेस्ट प्रिमियर लिग (इपिएल) सञ्चालन गर्नेबारे अन्योल रहेको छ । कोरोना भाइरसको महामारीका कारण रद्द भएको इपिएलको चौथो सँस्करण पुनः सञ्चालन कहिले गर्ने भन्ने अन्योल रहेको सिइयो अमिर अख्तरले जानकारी दिएका छन् ।

कोरोनाको प्रकोप अझै रहिरहेको भन्दै अख्तरले भने, “सरकारले असहज परिस्थितिबारे अर्को निर्देशन जारी नगरेसम्म लिग कहिले पुनः सञ्चालन हुन्छ भन्ने अवस्था नै छैन ।” उनले थपे, “महामारी अन्त्य भएकै छैन । सरकारले जारी गरेको निर्देशन अनुसार २५ जनाभन्दा धेरै भेला हुन पाइँदैन । यात्रामा पनि सहज अवस्था भइसकेको छैन । अब इपिएल कहिले हुन्छ भन्ने सरकारको अर्को निर्देशनमा भर पर्छ ।”

गत चैत्र १ गतेबाट सुरु हुने भनिएको फ्रेन्चाइज लिग कोरोना भाइरसको महामारीसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । 

२०१६ बाट सुरु भएको इपिएलका तीन सँस्करण सकिएका छन् । जसमध्ये पहिलो सँस्करण कलर्स एक्स फ्याक्टर्सलाई हराउँदै पञ्चकन्या तेजले जितेको थियो । त्यसैगरी दोस्रो र तेस्रो सँस्करण क्रमशः विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्यले जितेका छन् । 

इपिएल २०२० अन्तर्गत काठमाडौँ किंग्स इलाभेन, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियरर्स, भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्नेछन् । 

पोखरा राइनोजले वेस्ट इन्डिज तथा टिट्वान्टी क्रिकेटका कीर्तिमानी व्याट्म्यान क्रिस गेललाई अनुबन्ध गरेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १२:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया