नाम परिवर्तन गर्दै एनसेल पब्लिक कम्पनीमा रुपान्तरण

एनसेल प्रालि नाम परिवर्तन गरी एनसेल आजियाटा लिमिटेड बनेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो । साउन १९ गतेको निर्णय बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयबाट उसले नाम नाम परिवर्तन गरेको जनाएको छ ।  

नेपाल सरकार उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम परिवर्तन गरेसँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने जनाइएको छ ।

पब्लिक कम्पनीका रूपमा रुपान्तरण भएसँगै अब एनसेललाई सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने बाटो खुलेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १२:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया