बेँसीसहर–चामे सडक बाढीले बगायो
फाइल तस्बिर

पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले बिहीबार लमजुङ–मनाङ जोड्ने उक्त सडकखण्डअन्तर्गत लमजुङको  मर्स्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो । 

खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए । त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ । 

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्ष सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा बर्सेनि सडक अवरुद्ध बनाउने गरेको थियो । सडकका विभिन्न स्थानमा साना–साना परिहाले सडक साँघुरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १७:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया