विराटनगरमा थपिए २२ कोरोनाभाइरस संक्रमित

विराटनगर महानगरपालिकामा २२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कोशी अस्पतालले शनिबार दिएको परीक्षणको रिपोर्टअनुसार विराटनगरको ९ नम्बर वडाका मात्र ११ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

त्यस्तै, ३, १० र १४ वडामा पनि २–२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६, ११, १२ र १५ वडामा पनि १–१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यीमध्ये ७ जना महिला हुन् । 

योसँगै विराटनगरमा २ सय ७८ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १०:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया