नेपालगञ्ज बजार सिल गरी सेना परिचालन


समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि नेपालगञ्जको मुख्य बजार क्षेत्र सिल गरिएको छ । सिल गरेको क्षेत्रमा निगरानी गर्न सेनासमेत परिचालन गरिएको बताइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा सम्पन्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको मुख्य क्षेत्र सिल  गरी सेना परिचालन गर्ने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि नेपालगञ्जको पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सिल गरिएको क्षेत्रका सडकमा हिँडडुल गर्नसमेत नपाइने बताइएको छ । यसअघि निषेधाज्ञा जारी गर्दा स्थानीयले अटेर गरेकाले सिल गरिएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १३:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया