काठमाडौं– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको डिनको कार्यालयले भदौ तेस्रो साताबाट सञ्चालन हुने तय भएको परीक्षा स्थगित गरेको छ ।
संस्थानले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस महामारीका कारण स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएको जनाएको हो ।
संस्थानको परीक्षा नियन्त्रण महाशाखाले यही साउन १५ गते सूचना प्रकाशित गरी स्नातक र स्नातकोत्तर तहका परीक्षा क्रमशः भदौ अन्तिम तथा तेस्रो साता सञ्चालन हुने जनाएको थियो ।
हाल कोभिड १९ महामारी कायमै रहेकाले इन्जिनियर अध्ययन संस्थान अन्तर्गतका स्थगित परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएको उल्लेख गर्दै संस्थानले उक्त परीक्षा हाललाई स्थगित गरिएको जानकारी गराएको छ ।
संस्थानले शैक्षिक क्यालेन्डरमा थप क्षति नहोस् भन्ने हेतुले आगामी भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न जनाएको छ । थप जानकारीका लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।