गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोमा कुनै शंका छैनः भारतीय विदेश मन्त्रालय

काठमाडौं– भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् बुद्धलाई ‘महान् भारतीय’ भनेर दिएको अभिव्यक्ति विवादास्पद बनेपछि भारतीय विदेश मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल नै भएको स्पष्टीकरण दिएको छ । 

विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’ जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको विदेश मन्त्रालयको प्रस्टीकरण छ । 

जयशंकरको भनाइको खण्डन गर्दै नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

नेकपा नेता माधव नेपालले पनि बुद्धको जन्मभूमिबारे कुनै आशंका नरहेको बताएका थिए ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १९:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया