चन्द समूहका तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो । घोडेसिन गाउँमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । 

पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम छन् । किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताए । उनका अनुसार चन्दा सङ्कलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १९:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया