प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले कमजोर रहेको जसपाको आरोप

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले कमजोर रहेको आरोप लगाएको छ । चार दिनसम्म चलेको पार्टी कार्यकारिणीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

जसपाले वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरेपक्षतालगायत मुद्दा कमजोर बनेको आरोप लगाउँदै सरकारले पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गरेर विभाजनको बिउ रोपेको आरोप लगाएको छ ।

सरकार पक्षले प्रतिपक्षलाई भूमिकाविहीन गराउने किसिमबाट अधिनायकवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको समेत पालना नगरेको, अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको, सरकार टिकाउन साम, दाम, दण्ड, भेदजस्ता अपराध गरेको जसपाको आरोप छ ।

प्रधानमन्त्रीले संघीय संसदलाई आफ्नो पार्टीको छायाजस्तो बनाई संसदको गरिमा घटाउने काम गरेको राजपाको आरोप छ । सो पार्टीले राष्ट्रपतिको भूमिकाप्रति पनि असन्तुष्टि राखेको छ । राष्ट्रपतिजस्तो पदको दुरुपयोग गरेको जसपाको ठहर छ ।  

जसपाले जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरीलाई रिहाका लागि पनि माग गरेको छ । 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार २०:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया