विश्वमा दुई करोड नाघे कोरोना संक्रमित
प्रतीकात्मक तस्बिर

विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । सोमबारसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

चीनको वुहान शहरबाट गत डिसेम्बर अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।

वल्ड्रोमिटरका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभर सात लाख ३४ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ । हालसम्म एक करोड २९ लाख चार हजारभन्दा धेरै  कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेको तथ्यांकमा उल्लेख छ ।


अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५१ लाख ९९ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ । दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३० लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजारभन्दा धेरैको मृत्यु भएको छ । तेस्रो धेरै प्रभावित रहेको भारतमा २२ लाख १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४४ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।
 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १४:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया