कोरोना आशंकामा अस्पताल भर्ना भएका सञ्जय दत्त उपचारपछि डिस्चार्ज

एजेन्सी– कोरोना आशंकामा अस्पताल भर्ना भएका बलिउड अभिनेता सञ्जय दत्त डिस्चार्ज भएर घर फर्किएका छन् । अस्पताल पुगेलगत्तै कोरोनाको परीक्षण गराइएकोमा उनमा कोरोना रिर्पोट नेगेटिभ आएको थियो । 

छाती र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार लीलावटी अस्पताल भर्ना भएका थिए । अस्पतालमा इन्टेन्सिभ केयरमा राखेर उपचार गरेपछि उनी सोमबार निको भएर डिस्चार्ज भएका हुन् ।   

अक्सिजनको स्तरमा कमी आएका कारण उनलाई अस्पतालमै राखी उपचार गरिएको थियो । अक्सिजनस्तर नर्मल भएपछि सञ्जयलाई डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न डा.पारकरले पुष्टि गरेका छन् । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया