कोरोना अपडेट : विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २६ हजार २ सय ११ व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमणबाट विश्वभरि ७ लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि संगठनले जनाएको छ । सोमबारसम्म विश्वभरिमा १ करोड २९ लाख ७ सय ५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५ सय ५ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । 

डब्ल्यूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४ सय ४४ जनामा कोरोनाका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४ सय ४ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ५९ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा  ६१ लाख २० हजार ५ सय १५ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ २ लाख ३४ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ ।



युरोपमा ३० लाख ३६ हजार ७ सय ५२ जना कोरोना सङ्क्रमित रहेका छन् भने २ लाख ६ हजार १ सय ४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४ सय ७० जना कोरोना सङ्क्रमित रहेका छन् भने १ लाख ९ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा १० लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।  ओसियानामा २३ हजार ३ सय ९ जनामा कोरोना सङ्क्रमण रहेको छ भने ३ सय ४० जनाको मृत्यु भएको छ ।



  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया