लामो दूरीका यातायात र उडान १६ भदौमा खोल्ने सरकारको निर्णय

कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि गरेका केही निर्णयहरुमा परिवर्तन ल्याएको छ । यसअघि १ भदौबाट खोल्ने भनिएका उडान र लामो दूरीका यातायात अब १६ भदौबाट मात्र खुल्ने भएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । 

कोभिड १९ संकट व्यवस्थापन सेन्टरको हिजो बसेको बैठकले गरेको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो  ।

योसँगै सरकारले अब नेपाल प्रवेशका नाकामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । यसअघि भारतबाट नेपाल आउनेहरुका लागि २० विभिन्न बिन्दु तोकिएका थिए । तर, अब यी बिन्दुहरु १० मा सिमित गरिएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार २१:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया