कोरोनाभाइरसः भारतका पूर्वराष्ट्रपतिको अवस्था चिन्ताजनक

भारतको नयाँ दिल्लीको एक सैन्य अस्पतालमा भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था निकै चिन्ताजनक भएको बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार उनी १० अगस्तमा अस्पताल भर्ना भएका थिए । उनको मस्तिष्कको अपरेसन गरिएको पनि अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार उनको अवस्था अहिले चिन्ताजनक छ र उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।

पूर्वराष्ट्रपति मुखर्जी स्वयंले सोमबार ट्विट गर्दै आफू कोरोनाभाइरस संक्रमित भएको जानकारी दिएका थिए ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १८:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया