सुशान्तका परिवारको आरोप– उनको हत्या गरिएको हो

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको अब दुई महिना हुन लागेको छ । तर, केही दिन यता बारम्बार उनको निधनबारे नयाँ नयाँ तथ्या आइरहेका छन् । 

सुशान्तका निकट तथा घरपरिवारका सदस्यहरुले चाहिँ अब उनको शरीरमा विभिन्न चोटको निशान पनि भएको बताएका छन् । यतिमात्र होइन, उनको घाँटीमा पनि अरु चोटपटक भएको उनीहरुले बताएका छन् ।

यही कारण मुम्बई प्रहरीले अब उनको हत्याको विषयमा तथ्य बाहिर नल्याएको पनि उनीहरुको आरोप रहेको छ । उनीहरुले कतिसम्म आरोप लगाएका छन् भने सुशान्तको मृत्यु पछि गरिएको पोस्टमार्टम रिपोर्ट पनि प्रहरीले दिन मानेको छैन ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार २३:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया