सुशान्त आत्महत्या प्रकरणः रियाले गरेकी थिइन् आमिरलाई फोन

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको दुई महिना हुनै लागेको छ । तर, उनको यो प्रकरणमा जोडिएका नयाँ नयाँ घटनाहरु अब बाहिर आइरहेका छन् । 
पछिल्लो समय भारतको केन्द्रीय जाँच ब्यूरो (सिबिआई) तथा प्रवर्तन निर्देशनालय (इडी)ले यो घटनाको छानबिन गरिरहेका छन् । यही घटनाको छानबिनका लागि उनीहरुले सुशान्तकी प्रेमिका रियासँग सोधपुछ पनि गरिरहेका छन् ।

यहीबीच रियाले बलिउड स्टार आमिर खानलाई पनि फोन गरेको खुलेको छ । यसअघि नै उनले श्रद्धा कपुर, रकुल प्रित सिंह, आदित्य राय कपुरलगायतलाई फोन गरेको खुलिसकेको थियो । उनले महेश भट्टसँग पनि बारम्बार कुराकानी गर्ने गरेको खुलेको छ । 

अब आमिरसँग पनि उनको फोन सम्पर्र्क भएको थाहा भएपछि भारतीय मिडियाले यसलाई निकै चासोका साथ प्रसारण गर्न थालेका छन् ।

रियाको कल डिटेलअनुसार उनले एकपटक आमिरलाई फोन गरेकी थिइन् । आमिरले उनलाई तीन पटक एसएमएस पठाएका थिए ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार ८:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया