प्रदेश १ की सांसद कुसुमलाई कोरोना संक्रमण

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि बुधबार कुशुमलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद कुसुमका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् ।

यसअघि प्रदेश १ का न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।

सांसद श्रेष्ठले सामाजिक सन्जालमा स्टाटस लेख्दै एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्‍वान गरेकी छन् ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १२:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया