विश्वभर कोरोना संक्रमित २ करोडभन्दा बढी, ७ लाख ४६ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोनाबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार बुधबार दिउँसोसम्म कोरोनाको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । 

संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरणअनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ । 

युरोपेली मुलुकहरुमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपि युरोप महादेशमा कुल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ ।



भाइरस फैलिनेक्रम तिब्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म १ लाख ६३ हजार, एसियामा १ लाख १३ हजार, उत्तर अमेरिकामा २ लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ ।



  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १७:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया