धादिङका कोरोना संक्रमितको ह्याम्स अस्पतालमा मृत्यु

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका, धुवाकोटका एक कोरोना संक्रमित पुरुषको काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । श्वासप्रस्वास र फोक्सो उपचारका लागि भर्ना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

साउन २६ गते उपचारका लागि धादिङ अस्पताल पुगेका उनलाई सोही दिन धादिङ अस्पतालले काठमाडौं लैजान सुझाब दिएपछि ह्याम्स अस्पताल ल्याएर उपचार सुरु गरिएको थियो । 

सुरुमा वीर अस्पताल र शिक्षण अस्पताल गएको तर ती अस्पतालमा भर्ना गर्न नपाएपछि ह्याम्स अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । उनको उपचारको क्रममा साउन २७ गते बिहान मृत्यु भएको थियो । मृत्युपछि स्वाब परीक्षणको रिपोर्ट आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १८:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया