पाल्पामा जिप दुर्घटना, दुईको मृत्यु ६ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

जिपमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि तानसेन ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जिप मंगलबार साँझ दुर्घटना भएको थियो । जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । 

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनापछि चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये सेरमति सारुको बुटवलस्थित चौराह अस्पतालमा र अन्य पाँचजनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १८:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया