राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेको भन्दै आपूर्तिमन्त्री भट्टले गरे खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रशंसा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राष्ट्रिय विपत्तिमा खेलेको भूमिकाको प्रशंसा गरेका छन् । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री भट्टले कम्पनीले राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेको बताए ।

विपत्तिको समयमा विभिन्न क्षेत्रमा खाद्यान्नलगायत सामग्री पुर्याएर सरकारको सहभागिता जनाउँदै निजी क्षेत्रका व्यवसायीलाई समेत सहयोग गर्नुपर्ने दबाब दिएको बताए ।

उनले खाद्य कम्पनी र नेसनल टेड्रिङ कम्पनीलाई गाभेर एक बनाइएको भन्दै दुवै कम्पनीका राम्रा कुराको उपयोग गरेर सेवाको गुणस्तरमा ध्यान दिन निर्देशन दिए । ‘बन्दाबन्दीको समयमा काठमाडौंमा मोबाइल भ्यानमार्फत खाद्यान्नको होम डेलिभरी सेवा सुरु गर्नु आफैँमा राम्रो हो । खाद्यान्नमा मात्र सीमित नभएर नयाँ वस्तु तथा सेवाको निरन्तरता दिनु मुख्य पाटो हो,’ उनले भने ।

यसैगरी उद्योग राज्यमन्त्री मोतिलाल दुगडले बन्दाबन्दीको समयमा मूल्य वृद्धि रोक्नमा खाद्यले ठूलो काम गरेको भन्दै निजी क्षेत्रभन्दा अगाडि बढेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । सरकारी भनेपछि उपभोक्तामा छुट्टै छाप बस्ने भन्दै सहुलियत तथा गुणस्तरीय रुपमा सेवा दिनुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १९:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया