सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च दुई न्यायाधीश आइसोलेसनमा

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि खतिवडासहित दुईजना न्यायाधीश सेल्फ आइसोलेसनमा बसेका छन् । न्यायाधीश खतिवडा र अर्का न्यायाधीश हरिप्रसाद फुयाल सेल्फ आइसोलेसनमा बसेका हुन् ।

कोरोना देखिएका सुरक्षाकर्मी २२ साउनसम्म न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका थिए । उनलाई बुधबार कोभिड–१९ पुष्टि भएको हो । 

न्यायाधीश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् । आफूमा संक्रमणको लक्षण नदेखिएको तर सावधानी अपनाउन आफू घरमै सामाजिक दूरी कायम गरी बसेको उनले जनाएका छन् ।

अर्का न्यायाधीश फुँयाल न्यायाधीश खतिवडासँग एउटै इजलासमा बसेका कारण आइसोलेसनमा बसेका हुन् । उनले फेसबुकमार्फत जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउँदै आइसोलेसनमा बसेको जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार २०:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया