पोखरा महानगरपालिका १० मिलन टोलबाट १७ जुवाडे पक्राउ परेका छन् । पोखरालेखना महानगरपालिका १४, मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको वडा नं १० मा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।