एक फुटबल खेलाडीलाई कोरोना पुष्टि

अखिल नेपाल फुटबल संघले विश्वकप तथा एसियाकपको छनोटका लागि क्याम्पमा बोलाएको १ खेलाडीमा कोरोना पुष्टि भएको छ ।

एन्फाले सोमबार र मङ्गलबार गरेर क्याम्पमा परेका ३४ खेलाडीसहित कुल ५४ जनाको पिसिआर परीक्षण गराएको थियो ।

पाटन अस्पतालसँगको सहकार्यमा भएको परीक्षणमा बिहीबार ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एक जनाको भने शंकास्पद भन्दै पुनः परीक्षण गरिएको थियो ।

पुनः परीक्षण गरिएका ती व्यक्तिमा कोरोना देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ती २० वर्षीय खेलाडीको नाम भने गोप्य राखिएको छ । नेपालमा सक्रिय खेलाडीमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । यसअघि एक पूर्व क्रिकेटर तथा एक प्रशिक्षकमा पनि कोरोना पुष्टि भएको थियो । 

अब उनको रिपोर्टको अध्ययन गरेर सम्पर्क गर्ने र उनको स्वास्थ्य अवस्था अनुसार घरमा नै सेल्फ आइसोलेसनमा बसे हुने हो वा अस्पताल नै भर्ना गर्नुपर्ने हो भन्ने कुराको निर्णय गरिने महाशाखाले जनाएको छ ।



हाललाई उनलाई घरमा नै सेल्फ आइसोलेसनमा बस्ने सल्लाह दिइएको छ ।
 



  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १५:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया