भलिबल खेलाडीको कोरोना बिमा गरिने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी महिला तथा पुरुष भलिबल खेलाडीको कोरोना बिमा हुने भएको छ ।

शुक्रबार स्व. लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रस्टले एक विज्ञप्ति निकाल्दै आफ्नो संस्थाले खेलाडीहरूको बिमा गराउन लागेको जानकारी दिएको हो ।

कोरोनाबाट प्रभावित खेलाडीहरूको आत्मबल बढाउन तथा यस्तो महामारीबीच उनीहरूलाई केही राहत महसुस होस् भनेर खेलाडीहरूको बिमा गरिन लागेको ट्रस्टले जनाएको छ । 

ट्रस्टले महिला तथा पुरुष भलिबल टिमका समान १४ तथा बीच भलिबलका  महिला तथा पुरुष टिमका समान ४ गरी कुल ३६ जना खेलाडीको बिमा गरिदिने भएको हो । 

सागमा महिला भलिबल टिमले ऐतिहासिक रजत पदक जित्दा बीच भलिबल महिला टिमले कास्य पदक जितेको थियो । दुवै पुरुष टिम भने पदकविहीन बनेको थियो ।

कोरोना भाइरसका कारण अहिले देशका सबै क्षेत्रहरू निकै प्रभावित बनेका छन् । यसको संक्रमणको डरबाट खेलकुदको क्षेत्र समेत अछुतो रहन सकेको छैन । यसै सन्दर्भमा यस लक्ष्मी नारायण भलिबल मेमोरियल ट्रस्टले १३ दक्षिण एसियाली खेलकुद (सागमा) सहभागिता जनाउने महिला तथा पुरुष भलिबल खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोभिड बिमा गराउने निर्णय गरेको छ ।



भाइरसको भ्याक्सिनको टुङ्गो नलाग्दासम्म खेलाडीको आत्मबल बढाउन ट्रस्टले गरिदिने बिमाले खेलाडीमा सानो भए पनि राहात महसुस हुन्छ भन्ने विश्वास लिएका छौं । नेपाली महिला भलिबल टिमकी पूर्वकप्तान समेत रहेकी ट्रस्टकी अध्यक्ष अन्जु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वर्गीय श्रेष्ठ नेपालका प्रथम अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनको सम्झनामा स्थापित ट्रस्टले विसं २०६० बाट हरेका वर्ष उत्कृष्ट महिला तथा पुरुष भलिबल खेलाडीलाई जनही १०–१० हजारबाट सम्मान गर्दै आएको छ ।



  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १६:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया