नेपालको नयाँ नक्सा अंग्रेजी संस्करणमा

काठमाडौं– नापी विभागले लिम्पियाधुरासहितको नेपालको नक्साको अङ्ग्रेजी संस्करण निकालेको छ । नापी विभागका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सो नक्सा स्वीकृत गरेकी छिन् । 

सरकारले यसअघि जेठ ८ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । जेठ ५ गतेको निर्णयअनुसार सो नेपाली संस्करणको नक्सा सार्वजनिक गरिएको थियो । 

सरकारले अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरेसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउनका निम्ति बाटो खुलेको छ । 

परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय समुदायमा नक्सा पठाइने विभागले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया