१५ दिन काठमाडाैंमा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही गतिविधिहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार साउन ३० गते शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ ।

जारी आदेशअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न नपाइने उल्लेख छ ।

त्यस्तै भीडभाड हुने गतिविध गर्न, दैनिक हुने नित्यपुजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु बन्द गरिने, उद्योग व्यापार अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू गर्न, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने बताइएको छ ।  

शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलून, ब्युटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमखना, समूहमा खेलिने खेलकूद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न पाइनेछैन ।

फुटपाथ, खुला ठाउँ र ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न समेत नपाउने जारी आदेशमा उल्लेख छ ।

उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक–कामदारको ओसार पसार गर्न पाइनेछैन भने टेक अवे वाहेकका होटल तथा रेष्टुराँमा सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार २१:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया