कार्यदल गठनप्रति आपत्ति जनाउँदै वामदेवले मागे 'ओली-प्रचण्डको राजीनामा'

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठनमा आपत्ति जनाउँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

गौतमले कार्यदल गठनप्रति आपत्ति जनाउँदै ओली-प्रचण्डको राजीनामा मागेको सचिवालयका एक सदस्यले भने । 'के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ?', उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल किन बनाइयो ? यसमा मेरो आपत्ति छ ।'

अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको समेत उपाध्यक्ष गौतमले आरोप लगाए । आफ्नो एजेन्डा भएकाले कार्यदल पनि आफ्नै नेतृत्वमा हुनुपर्थ्यो भनेर उपाध्यक्ष गौतमले टिप्पणी गरेको ती नेताले जानकारी दिए । 

'हामी आफैंले गर्न सक्ने काम किन गर्न सकेनौँ । विधि र प्रक्रिया अनुसार छलफल गरेर मात्र बनाउनु पर्थ्यो', गौतमले भने,

'असीमित अधिकार कसले दियो ? अब कार्यदलमा भएका साथीहरुलाई पनि सचिवालयमा ल्याउनुपर्यो । हामी भन्दा पनि ती साथीहरु माथि भए ।'

विधि र प्रक्रियाको कुरा गरे पनि गौतमले आफू कार्यदलको संयोजक बन्न नपाएकोमा बैठकमा असन्तुष्टि व्यक्त गर्दै सबैजना असफल भएको टिप्पणी गरेको सचिवालयका ती नेताले बताए ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १५:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया