नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा कपिलवस्तुमा एकजनाको मृत्यु

बुटवल– नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । थप दुईजना घाइते भएका छन् । 

प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तु जिल्लाको मायादेवी–८ का ७० वर्षीय हरिराम पासीको मृत्यु भएको हो । घटनामा स्थानीय ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन् ।

उनीहरुको भैरहवामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झै–झगडापछि कुटाकुट भएको थियो ।

कुटपिट संलग्न रहेको आरोपमा ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय विजय चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १६:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया