तेस्रो पटक सीपीएलमा सन्दीप, यस्तो थियो गत २ सिजनको प्रदर्शन

ट्रिनीडाड : क्वाराबिन राष्ट्रहरुका टोलीबीच हुने क्वाराबिन प्रिमियर लिग(सीपीएल) आजबाट सुरु हुँदैछ । वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्दैछन् । 

कोभिड–१९ संक्रमणको त्रासकाबीच सुरु हुन लागेको सीपीएलको ८औं संस्करण एक शहरमा मात्रै हुनेछ । क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोको ट्रिनीडाड शहरका दुई रंगशालामा लिगका खेलहरु हुने गरी तालिका तयार पारिएको छ । ट्रिनीडाडको ब्रेन लारा र क्वीन्स पार्क मैदानमा बिनादर्शक खेल हुनेछन् । 

पहिलो खेलमा आज ट्रिबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल सुरु हुनेछ । 

नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाशले बुधबारको दोस्रो खेलमा सेन्ट लुसिया जोक्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार पौने ८  बजे यो खेल हुनेछ । 

सन्दीपको टोलीका कप्तान वेस्टइन्डिजका ब्याट्म्यान रोभमान पावेल हुन् । उनको टोलीमा वेस्टइन्डिजकै आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लाेस ब्रेथवेट,  चान्ड्वीक वाल्टन, अफगास्तिानका मुजिव रहमान, पाकिस्तानका आसिफ अली लगायतका खेलाडी छन् । 

यस्तो थियो गत २ सिजनको प्रदर्शन



२०१९ को सिजनमा बार्बाडोज ट्रिडेन्समा आवद्ध सन्दीपले ६ खेल खेलेका थिए जसमा  ८ विकेट लिए । तयसपछि सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् ।  यस सिजनमा बेस्ट बलिङ इकोनोमीमा सन्दीप ९औं स्थान रहे । १९.२ ओभर बलिङ गरेका उनको बलिङ इकोनोमी ६.५१ थियो । ५.६३ इकोनोमी रहेका दक्षिण अफ्रिकी लेग स्पीनर इम्रान ताहिर पहिलो स्थानमा रहे । सन्दीपको टोलीले गत सिजन सीपीएलको उपाधि जितेको थियो । 

२०१८ को सिजनमा सन्दीपले  पहिलो पटक सीपीएल खेल्ने मौका पाएका थिए । सेन्ट किट्स एन्ड नेभिज पेट्रिवट्सले सन्दीपलाई लिएको थियो । सो सिजनमा ५ खेल मात्रै खेलेका उनले ७  विकेट लिएका थिए । उनको बलिङ इकोनोमी ६.२४ थियो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भएका थिए । सो सिजनमा सन्दीपले क्याराबिन प्रिमियर लिग (सीपीएल) को ‘ब्रेक थ्रु स्टार’ अवार्ड प्राप्त गर्न सफल भएका थिए । 



  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार ८:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया