निषेधाज्ञाको बेला पनि सेयर बजार खुल्ने

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा पनि सेयर बजार खुल्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार सम्पन्न छलफलपछि सेयर बजार खोल्ने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताए । ‘सेयर बजार निषेधाज्ञामा पनि खोलिने छ,’ उनले भने, ‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिने भइएको छ ।’ ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ ।


यता, लगानीकर्ता पनि सेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो । लामो समय बन्द भएका कारण लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका थिएनन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी निर्णय गरेपनि उक्त दिनमा सेयर बजार खुल्ने भएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १४:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया