निषेधाज्ञाको प्रभाव सेयर बजारमा, परिसूचक सँगै कारोबार रकम पनि घट्यो

बुधवार रातिदेखि हुने निषेधाज्ञाको असर सेयर बजारमा देखिएको छ । १४९.४४ विन्दुबाट सुरु भएको बजार लगातार आरोलो लागेको छ । दिनभरमा १६.६ अंकले घटेर १३९१.२९ अंकमा बन्द भएको छ । 

 

निषेधाज्ञा र कोरोनाका कारण तत्कालका लागि मनोवैज्ञानिक प्रभाव परे पनि दीर्घकालीनरूपमा बजारमा सकारात्मक गतिमा जाने कतिपयले अनुमान गरेका छन् । यतिबेला सेयर बजारका लागि कोरोना त्रासले नकारात्मक असर गरेको छ । तर बैंक ब्याजदर र सहज तरलताले भने साथ दिएको छ । पछिल्ला केही समययता सेयर बजार खासै तल जान पनि सकेको छैन । अनि, अपेक्षा अनुसार माथि जान पनि नसकेको अवस्था छ । 


 
कुल १८५ कम्पनीको ९७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २४ लाख ७४ हजार ३२९ कित्ता सेयर खरिदबिक्री भएको छ । खरिदबिक्री भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको १३६.५९ अंकले तल झरेको छ ।

 

वाणिज्य बैंक समूहको सूचक पनि १५.१२ अंकले घटेको छ । यस दिन समृद्धि फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ भने प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसको ७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैबीच, निषेधाज्ञा भए तापनि सेयर बजार बन्द भने नहुने नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले सेयर बजार प्रविधिमैत्री बनिसकेको र अनलाइन मार्फत सेयर कारोबार गर्न सकिने भएकाले सेयर बजार तत्काल बन्द गर्ने कुनै निर्णय नभएको बताइएको छ ।



 

लगानीकर्ताहरुले अनलाइन मार्फत नै अनलाइन युजर र पासवर्ड लिज सकिने सुविधा आएकाले सेयर बजार बन्द नहुने बोर्डको भनाइ छ । चैतमा लकडाउन भएको बेलामा सेयर बजार ९८ दिनपछि असार १५ गतेदेखि नियमित सुचारु भएको हो । लकडाउन बीच दुई दिन भएको सेयर कारोबारमा सूचक उच्च अंकले घटेपछि कारोबार बन्द गरेर असारबाट मात्र सुचारु भएको थियो ।



 

सो पछि बजारले आफ्नो लय समातेर अघि बढेको छ । अन्य क्षेत्रमा लगानी गर्ने समय नभएकाले पनि सेयर बजार उकालो लागेको थियो । अहिले पनि अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकाले सेयर सुचारु गनुपर्ने लगानीकर्ताको भनाइ छ ।


 

  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १५:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया