दुई थान पेस्तोल र दस राउन्ड गोलीसहित दुईजना पक्राउ
बरामद भएका हतियार

काठमाडौं प्रहरीले दुई थान पेस्तोल र दस राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार माछापोखरीबाट बुधबार दुईवटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार माछापोखरीबाट पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित रहेका छन् । पण्डितले दिएको जानकारीका आधारमा प्रहरीले नुवाकोट लिपु गाउँपालिकाका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाको टोलीले नुवाकोटमा पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसपी बोगटीले जानकारी दिए ।
 





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १३:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया