नेकपाका दुई अध्यक्षको भेट : कार्यदल गठनपछिका नियुक्ति बदर गर्न माग
फाइल तस्बिर

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि छलफल भएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति, सिफारिस बदर गर्न भनेको बालुवाटार स्रोतले जानकारी दियो ।

जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएको स्रोतको दाबी छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । भण्डारीको नियुक्ति अदालतले नै बदर गरिसकेको छ ।

यसबाहेक थुप्रै नियुक्तिका निर्णय भएको स्रोतको दाबी छ । आजको भेटमा प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने बताए । 

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्ति खारेज गर्न माग गर्दै प्रचण्डमार्फत दबाब बढाएका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १६:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया