‘कोरोनाको उच्च सतर्कताका साथ तीज मनाऔं’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोनाको उच्च सतर्कताका साथ तीज मनाउन सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा अनुरोध गरेका छन् । हिन्दू नारीहरूको पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै तिमिल्सिनाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

उनले विगतका वर्षहरूमा परिवार, आफन्तजन, साथीहरू जम्मा भएर हर्सोउल्लासका साथ मनाउने गरिएको तीज पर्व यस वर्ष भने विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उच्च सतर्कताका साथ मनाउन सबैमा अनुरोध गरेका हुन् ।

'चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,' तिमिल्सिनाले उल्लेख गरेका छन्, 'पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकूल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु।'





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ७:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया