हुन्डीको १६ लाख नेपाली रुपैयाँ बरामद

वीरगन्ज– शनिबार प्रहरीले बाराबाट हुन्डीको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । 

प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित सडकमा जाँच गर्ने क्रममा सो रकम बरामद गरेको हो ।

चेकजाँचका क्रममा एक मोटरसाइकल चालकलाई रोक्न खोज्दा उनले रातो रंगको झोला फालेर भागेको प्रहरीको भनाइ छ । 

प्रहरी टोलीले उक्त झोला हेर्दा १ हजारका ७६२ थान र ५ सयका १ हजार ६७६ थान गरी सोह्र लाख फेला परेको बाराका प्रहरीले जनाएको छ । 

फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १७:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया