हृदयाघातका कारण वडाध्यक्षको मृत्यु

इटहरी– इटहरीको कोशी गाउँपालिका २ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ । वडाध्यक्ष ४५ वर्षीय हिरालाल यादवलाई हृदयाघातपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्याइएको थियो ।  

यादवको बिएण्ड सी अस्पतालमा ज्यान गएको कोशी गाउँपालिकाले जानकारी दिएको छ । घरमै बसेको समयमा उनलाई हृदयाघात भएको थियो । 

कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बिएण्ड सी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि भेन्टिलेटर नपाएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको हो ।  

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १८:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया