पञ्चमी नुहाउन जाँदा खोलाले बगाएर मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । 

आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तिजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ । 

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए ।

घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे दुई वर्षकी छोरी छन् ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १६:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया