विराटनगर र धरानमा संक्रमितको मृत्यु

विराटनगर : थव दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको मृत्यु भएको हो ।

धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो । फोक्सोमा इन्फेक्सन  भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना संक्रमण देखिएको थियो । मृतक  धरानमा लामो समयदेखि हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

त्यसै गरी विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको  छ ।  विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित अवकाश प्राप्त शिक्षकको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको कोशी अस्पताल स्रोतले जानकारी दिएको छ ।  

मृतक अवकाश प्राप्त शिक्षक हुन् । परिवारकै एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनमा संक्रमण देखिएको थियो । भदौ ४ गते स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएकोमा आइतबार दिउँसो आएको रिपोर्टमा संक्रमण रहेको पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार ९:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया