५ वर्षदेखि लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पर्सा प्रहरीले लागुऔषध मुद्दा फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । करिब पाँच वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागुऔषध गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ६७ वर्षीय नागेन्द्रप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत पर्साको २०७२ माघ ४ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि उनी फरार भएका थिए । 

लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको पर्सा प्रहरीको भनाइ छ । 

निजकै गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १४:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया