वीरगञ्जका एक सय ५० जना डाक्टरको चेतावनीः माग पूरा नभए राजीनामा दिन्छौँ

पर्सा– वीरगञ्जका निजी अस्पतालमा कार्यरत एक सय ५० जना डाक्टरले आफूहरुको माग पूरा नभए राजीनामा दिने चेतावनी दिएका छन् ।  

आफूहरुका माग पूरा नभएकोले मङ्गलबारदेखि काममा हाजिर नहुने गरी राजीनामा दिने निर्णय गरिएको मेडिकल अफिसर एसोसिएशन अफ वीरगञ्ज सङ्घर्ष समितिले जनाएको छ ।  

उनीहरुले सात दिनभित्र माग पूरा गर्न भन्दै गएको भदौ १ गते अल्टिमेटम दिएका थिए । जिल्ला प्रशासन कार्यालय, नेपाल चिकित्सक सङ्घ, एसोसियसन अफ प्राइभेट हस्पिटल इन्स्टिच्युसन अफ नेपाल र आफू कार्यरत अस्पतालमा दिएको अल्टिमेटमको म्याद मंगलबार सकिँदै छ । 

डाक्टरहरुले न्यूनतम ६५ हजार तलब हुनुपर्ने, २५ लाख रुपैयाँबराबरको स्वास्थ्य र जीवन बिमा गर्नुपर्ने, कोरोना महामारीका बेला अस्पतालमा काम गरेपछि बस्नका लागि क्वरेण्टिनको व्यवस्था अस्पतालले नै गर्नुपर्नेलगायतका माग राखेका छन् । 

सोमबार साँझसम्म माग सम्बोधन नभएपछि उनीहरुले विज्ञप्ति निकालेर मङ्गलबार सामूहिक राजीनामा दिने निर्णय भएको जानकारी गराएका हुन् । 


 





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार २०:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया