वीरगन्ज- कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ । गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका पुरुषका कोरोना संक्रमणको पुष्टि भएको हो ।
पर्साको जीराभवानी गाउँपालिका ४ सुपौलीका ६८ वर्षीय पुरुषलाई निमोनिया देखिएपछि आइतबार वीरगन्जको तराई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि आइतबार राति नै साढे ९ बजे गण्डक अस्पतालमा लगिएको थियो ।
गण्डक अस्पताल लगिएको केही समयपछि उपचारकै क्रममा उनको मृत्यु भएको गण्डक अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।