टिकटकका कार्यकारी निर्देशक मेयरले दिए राजीनामा

एजेन्सी– मोबाइल एप टिकटक प्रमुख कार्यकारी निर्देशक केभिन मेयरले बिहीबार पदबाट राजीनामा दिएका छन् । 

अमेरिकाले टिकटकको प्रयोगमा रोक लगाउने घोषणा गरेसँगै निर्देशक केभिनले राजीनामा गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बिक्री नगरे अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्‍ने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसका लागि उनले ९० दिनको समय दिएका छन् ।  

गत मे महिनामा टिकटकको निर्देशक बनेका केभिनले आफ्ना कर्मचारीहरुलाई पत्र लेख्दै राजीनामा दिएको बताएका छन् । टिकटकले उनले कम्पनीमा हुँदा गरेको कामको प्रशंशा गर्दै धन्यवाद दिएको छ । टिकटकले उनको निर्णयको सम्मान गर्ने पनि जनाएको छ ।

मेयर अमेरिकी कम्पनी डिज्नेका पूर्वकार्यकारी हुन् । उनलाई चिनियाँ कम्पनीसँग सम्बन्ध नराख्न अमेरिकाले दबाब दिएकोले राजीनामा​ गरेको आकलन गरिएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १७:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया